काठमाडौं, ८ वैशाख । तिमिल्सिना समाज नेपालको ९ औं महाधिवेशन सम्पन्न भएको छ । शनिबार ललितपुरको नेशनल ल कलेजको सभाहलमा सम्पन्न महाधिवेशनले नवराज तिम्सिनालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । अध्यक्षका अर्का प्रत्यासि पूर्व ए.आई.जी. कल्याण कुमार तिम्सिनाले नवराज तिमल्सिनालाई समर्थन गरेपछि नेतृत्व सर्वसम्मत चयन भएको हो ।
महाधिवेशनको बन्दसत्रमा बोल्दै कल्याण तिम्सिनाले तिमिल्सिना बन्धुहरुलाई एकताको सुत्रमा बाँध्न आफूले अध्यक्षको उम्मेदवारी फिर्ता लिएर नवराजलाई समर्थन गरेको बताए। उनले बन्धुहरुको समाजमा निर्वाचन गर्नु उचित नहुने र सबैले मिलेर समाजलाई उचाइमा पुर्याउनुपर्ने बताए।
समाजको वरिष्ठ उपाध्यक्षमा दिपक तिमिल्सिना, महासचिवमा होम तिमिल्सिना निर्वाचित भएका छन् । यस्तै प्रदेश संयोजकहरुमा हरि प्रसाद तिमिल्सिना, शिव प्रसाद तिमिल्सिना, चन्द्र मणि तिमिल्सिना, राजु तिमिल्सिना, जगत तिमिल्सिना, कलम बहादुर तिमिल्सिना र तिलक तिमिल्सिना रहेका छन् । प्रदेश संयोजक विधानतः केन्द्रीय उपाध्यक्ष हुनेछन् । यसैगरी समाजको सचिवमा टपिन्द्र तिमल्सिना, कोषध्यक्षमा सिता तिमिल्सिना र सह–कोषाध्यक्षमा बिद्या तिमिल्सिना रहेका छन् ।
अधिवेशनमा समाजका पूर्वअध्यक्ष, संरक्षक सल्लाहकारसहित देशभरबाट झण्डै तीन सय तिमिल्सिना बन्धुहरुको उपस्थिति रहेको थियो । अधिवेशनको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गरेका थिए।
यसैबीच नयाँ कार्यसमितिको आइतबार बसेको पहिलो बैठकले ११ सदस्यीय सचिवालय सदस्य पनि गठन गरेको छ । सचिवालयमा पधाधिकारीसहित केन्द्रीय सदस्यहरु सिर्जना तिमिल्सिना, बाशुदेव तिमिल्सिना, काशिनाथ तिमिल्सिना, पुष्कर प्रसाद तिमिल्सिना र जयराम तिमिल्सिना रहेका छन् ।
यसैगरी तीन महिनाभित्र समाजको प्रदेश कमिटिको सम्मेलन सम्पन्न गर्ने र अछाम जिल्लामा लगाइएको महायज्ञमा समाजलाई विभिन्न दाताले दान गरेको जग्गा समाजको नाममा ल्याउन तिलकबहादुर तिमिल्सिनाको संयोजकत्वमा जगत तिमिल्सिना र कलम बहादुर तिमिल्सिनाको समिति गठन गरिएको छ ।



लाेकपाटी न्यूज
