स्वास्थ्य राज्यमन्त्रीकाे अस्पतालभित्र झुण्डिएको अवस्थामा मृत भेटिइन नर्स

लाेकपाटी न्यूज

जनकपुर, ८ वैशाख । स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवको हस्पिटलमा कार्यरत एक नर्स झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् ।

जनकपुरको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत नर्स झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । महोत्तरीको गौशाला नगरपालिका–३, रामनगरकी २४ वर्षीया नर्स रक्षा आले आइतबार अस्पतालको शौचालयमा झुण्डिएको अवस्थामा थिइन् ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका डीएसपी रामेश्वर कार्कीले शौचालयमा झुण्डिएको अवस्थामा नर्स आलेको शव फेला परेको पुष्टि गरे । घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले शव नियन्त्रणमा लिएको छ । डीएसपी कार्कीले घटनाबारे प्रहरीले अनुसन्धान थालेको जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्