अपदस्थ राष्ट्रपतिको घरबाट अवैध रकम बरामद !

pic 5
लाेकपाटी न्यूज

काठमाडौं, ८ बैशाख। सुडानका अपदस्थ राष्ट्रपति ओमर अल बसिरको घरमा ठूलो मात्रामा अवैध रकम बरामद भएको छ। बरामद मुद्राका बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन्।

राष्ट्रपति पदबाट अपदस्थ गरिए लगत्तै उनको निवासमा अर्बौं अमेरिकी डलर बराबरको अवैध मुद्रा बरामद गरिएको छ। बरामद गरिएको युरो, अमेरिकी डलर र सुडानी पाउन्ड गरी १ सय ३० मिलियन अमेरिकी डलर बराबरको मुद्रा भएको अधिकारीहरुले जनाएका छन्।

ठूलो मात्रामा रकम बरामद भएपछि मुद्रा अपचलनको आरोपमा उनिमाथि अनुसन्धान सुरु गरिएको छ। कोबरस्थित कारागारमा उच्च सुरक्षा सतर्कताका साथ बसिरलाई राखेर अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन्।(एजेन्सी)