काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन देशैभरि आंशिकदेखि सामान्य बदली हुने जनाएको छ। आइतबार बिहान ६ बजे महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान यसप्रकार छ।
वैशाख ८ गते आइतबारका दिन दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।
आइतबार राति देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।
वैशाख ९ गते सोमबारका दिन दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भू–भागका केही स्थानहरुमा तथा पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।
सोमबार राति देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।
वैशाख १० गते मंगलबारका दिन दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भूभागका केही स्थानहरुमा तथा पश्चिमी भू–भागका एक दुई स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।
मंगलबार राति देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले तीन दिन सचेत रहन आग्रह गरेको छ।



लाेकपाटी न्यूज
