काठमाडौं । गायक प्रमोद खरेलको झुमा झुम्कावालीको अपार सफलतापछि अर्को गीत झुमा झुमा सार्वजनिक भएको छ ।
प्रमोद खरेलको औपचारिक युट्युव च्यानलमा शुक्रबार सार्वजनिक गरिएको हो । झुमा झुमा बोलको गीतमा गायक खरेल र अभिनेता पल शाहका साथमा ट्वीनी गल्स्को अभिनय रहेको छ । गीतको म्युजीक भिडियोमा टिक टक क्विनबाट चिनिएका जुम्ल्याहा दिदिबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको जोडदार अभिनय देख्न सकिन्छ।
गीतको म्युीजक भिडियोलाई दीपक आचार्यले निर्देशन गरेका छन् । हिमान्सु राइमाझीको शब्द तथा भिम विसीको संगीतमा रहेको गीतको भिडियोलाई शुभ्म भुजेलले कोरियोग्राफी गरेका छन् । गीत झुमाको भाग २ हो या के हो भन्ने सन्दर्भममा गायक प्रमोद खरेल भन्छन्, ‘यस गीतमा झुमा झुमा भन्ने शब्द मात्रै दोहोरिएको हो । यसका रचनाकार तथा संगीतकार सबै फरक भएकोले यसलाई झुमा २ भन्न मिल्दैन होला । तर दर्शकले यसलाई झुमा २ नै भन्नु हुन्छ होला ।’
गायक प्रमोद खरेल र नायक पल शाहसँग अभिनय गरेका प्रिन्सि र प्रिज्माले आफूहरु निकै भाग्यमानी भएको भन्दै गीत छायाँकन गर्दा रमाइलो भएको अनुभव साटेका छन्।



लाेकपाटी न्यूज

