विप्लव–वैद्यसहित ६ पार्टीबीच एकताको तयारी

Biplab Baidhya
लाेकपाटी न्यूज

काठमाडौं। विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी), मैनाली नेतृत्वको नेकपा (माले), चित्रबहादुर नेतृत्वको जनमोर्चा लगायत ६ वटा पार्टीहरु बीचमा सरकारका जनविरोधी कार्यविरुद्धमा कार्यगत एकता अगाडि बढेको जनाइएको छ।

शुक्रबार वैद्य माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको छलफलमा सहभागी नेकपा माओवादी केन्द्रका महासचिव कर्णजित बुढाथाकीले उक्त जानकारी दिएका हुन्। शुक्रबार कार्यगत एकताका लागि ६ पार्टीका प्रतिनिधिबीच छलफल भएको थियो।

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्र, ऋषि कट्टेल नेतृतवको नेपाल कम्युनिष्ट पार्टी, सिपी मैनाली नेतृत्वको नेकपा (माले) लगायतका ६ पर्टीहरुबीच कार्यगत एकता तयारी सकारात्मक रुपमा अगाडि बढेको जनाइएको छ।

महासचिव बुढाथोकीका अनुसार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई गैरकानूनी रुपमा लगाइएको प्रतिबन्ध तथा नेता–कार्यकर्ताहरुलाई धरपकड र झुट्टा मुद्धामा पसाउने कार्यको विरोध, पछिल्लो पटक नागरिकता प्रकण, वाइडबडी, बालुवाटारको सरकारी जग्गा अतिक्रमण विरुद्ध आन्दोलनको तयारी गर्ने बताइएको छ।

सरकारको विरोधमा रहेका माओवादी र कम्युनिष्ट घटकबीच कार्यगत एकताका लागि छलफल भएको हो। कार्यगत एकताकै क्रममा पार्टी एकता सम्बन्धि एजेण्डामा छलफल गर्ने तयारीमा रहेको एक नेताले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्