‘नेपाली शब्दसागर’का लेखक शर्माको निधन

shrma
लाेकपाटी न्यूज

काठमाडौं, ७ वैशाख । वरिष्ठ साहित्यकार बसन्तकुमार शर्माको निधन भएको छ । साहित्यकार शर्माको ९७ वर्षको उमेरमा शनिबार निधन भएको हो ।

मुटुलगायतका विभिन्न रोगबाट थलिएका उनको कुमारीगालस्थित निवासमै निधन भएको हो । नेपालकै सबैभन्दा ठूलो शब्दकोश ‘नेपाली शब्दसागर’ का लेखक उनको दर्जनौ साहित्ससम्बन्धी पुस्तकहरु प्रकाशित छन् । उनले ‘नेपाली शब्दसागर’ लेखनमा मात्रै १५ वर्ष बिताएका थिए ।

उनको जन्म विसं १९८४ को रामनवमीको दिन महारागन्जमा भएको थियो। संस्कृत साहित्यमा स्नातक र नेपालीमा स्नातकोत्तर गरेका नेपालले नेपाल भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद्मा पनि काम गरेका थिए। यस्तै महाभारतको गद्यमा उल्था पनि उनैले गरेका थिए ।

लामो समय विभिन्न विद्यालय र क्याम्पसहरूमा अध्यापन गरेका उनी पशुपति क्याम्पस, रत्नराज्य क्याम्पस लगायतका शैक्षिक संस्थाको संस्थापक समेत हुन् ।

स्वर्गीय शर्माको श्रीमतीसहित चार छोरी र ४ छोरा छन् । उनको आजै हिन्दु परम्पराअनुसार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्