तीन मुक्तक : भ्रष्टाचारीहरु हात जोड्दै मन्दिरमा…!!!

मुकुन्द
लाेकपाटी न्यूज

मुक्तक – १

अदालतको   फैसला   मान्न   छोडेर !

हरे राम  लेखेको पहेँलो  बस्त्र  ओडेर !

मठ-मन्दिर धाउँदैछन् रे भ्रष्टाचारीहरु,

रक्षा गर भगवान भन्दै दुई हात जोडेर !!

मुक्तक – २

देशको लागी सिन्कोसम्म  नभाँचेरै बसेपछि ।

सहिदको लासमाथि छमछमी नाँचेरै बसेपछि ।

देश  कसरी  बन्छ र खै,  गर्छु भन्ने मरेर गए,

गर्न नदिने / नचाहनेहरु चाहिँ बाँचेरै बसेपछि ।।

मुक्तक – ३

सुन  गुमाएर  नुन  पाउनुको के अर्थ ?

राष्ट्रियताको  गीत गाउनुको के अर्थ ?

देशको तालाचाबी पराइलाई सुम्पिएर,

दौरा सुरुवाल टोपी लाउनुको के अर्थ ??

 

✍️मुकुन्द कृष्ण थापा

खोटाङ

मुकुन्द कृष्ण थापा सिभिल इन्जिनियर हुन्  उनी साहित्य क्षेत्रमा समेत कलम चलाउँछन्  ) 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्