पोखराको चिप्लेढुंगामा बम फेला, लाइभ गर्ने पत्रकारमाथि सेनाको दुर्व्यवहार

Bom
लाेकपाटी न्यूज

पोखरा, ६ वैशाख । पोखराको व्यस्त बजार चिप्लेढुंगामा शंकास्पदवस्तु ‘बम’ भेटिएको छ। शनिबार बिहान पोखरा–९ मानवअधिकार चोकबाट ५० मिटर दक्षिणपट्टीको सडकमा बम भटिएको हो।

कागजको गोलो प्याकेटमा टेपले बेरेर राखिएको अवस्थामा शंकास्पद बस्तु भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए। शनिबार बिहान ७ बजे भेटिएको बमलाई सेनाको डिस्पोज टोलीले सो साढे ८ बजे निष्कृय पारेको हो। यसअघि बिहीबार विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको क्रममा पनि सोही स्थान नजिकै बम भेटिएको थियो।

पोखराको व्यस्त बजारमै बम भेटिएपछि स्थानीयवासी आतंकित बनेका थिए। बम कसले राखेको भन्ने बारेमा अहिलेसम्म कसैले जिम्मा नलिएको र त्यसबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।

चप्लेढुंगास्थित ट्रेड मल नजिकै भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्ने तयारि गरिरहेको ‘भिडियो लाइभ‘ गरिरहेका गण्डक न्यूज डट कमका पत्रकार अश्विन दानीमाथि नेपाली सेनाका एक अधिकृतले दुव्र्यवहार गरेका छन्। ती अधिकारीले पत्रकार दानीको मोबाइसमेत फुटाइदिएका छन्। पत्रकार महासंघ कास्कीले दानीमाथि भएको दुव्र्यवहारको विरोध गरेको छ।

शनिबारै एक विज्ञप्ति प्रकाशित गर्दै महासंघले पत्रकारमाथि दुव्र्यवहार गरिनु र मोबाइल फुटाइनु प्रेसमाथिको नांगो हस्तक्षेप भएको बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्