‘नथिया’ र ‘आफर’ पहिचान पुरस्कारद्वारा सम्मानित

prize
लाेकपाटी न्यूज

काठमाडौं, ७ वैशाख । सरस्वती प्रतिक्षाद्वारा लिखित ‘नथिया’ र उन्मुक्त पुस्ताको संयुक्त कवितासंग्रह ‘आफर’ पुरस्कृत भएका छन्।

नेपाली चर्चित साहित्यीक कृती ‘नथिया’र ‘आफर’ २०७५ को पहिचान पुरस्कारद्वारा पुरस्कृत भएका हुन्। पूर्वकूलपति एवं कवि बैरागी काइँलाले लेखक प्रतिक्षा र ‘आफर’कविता संग्रहका ८ जना कविमध्येबाट कवि माधव घिमिरेलाई शनिबार पुरस्कार प्रदान गरेका हुन्। उक्त पुरस्कारको राशी २ लाख २ हजार रुपैयाँ थियो।

‘नथिया’ वादी समुदायमाथि लेखिएको उपन्यास हो भने आफर दलित मुक्तिको मुद्दामा लेखिएको कविताको संग्रह हो । यसमा उन्मुक्त पुस्ताका आठ कविका ३३ कविता छन् ।

पुरस्कारको राशी अर्को वर्ष ५० प्रतिशतले वृद्धि गरी ३ लाख ३ हजार रुपैयाँले वितरण गर्ने घोषणा गरिएको छ।
पहिचान बोर्डका संस्थापक अध्यक्ष जङ्ग सुनुवारले कार्यक्रमको सभापतित्व ग्रहण गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्