पढ्नुहोस्, तपाईको आजको राशिफल

rasifal
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तसंग रमाइलो भेटघाट हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। मनोरन्जनमा सहभागिता भईएला। प्रेममा मधुरता छाउनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्रमको उचित मुल्याङन हुनेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ कामको थालनी हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफन्तको प्रगतिमा मन रमाउनेछ। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विचार गरेर निर्णय लिनु उचित होला। मनमा दुविधा उत्पन्न हुनेछ। पारिवारिक समस्या आइपर्ला। घर व्यवहारमा झमेला आउला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभदायक यात्रा रहनेछ। लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ। मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महिला वर्गबाट विशेष सहयमेग मिल्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। आत्मिक सन्तुष्टि मिल्नेछ। दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ। शुभकार्यको चर्चा रहला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ। झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बन्धु बान्धवबाट सहयोग मिल्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक कार्य अघी बढ्नेछ। स्वास्थ्यमा सुधार आउला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) जोश जाँगर र हिम्मत बढ्नेछ। आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। वाहान लाभ हुने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। धार्मिक कार्यमा रुची बढ्नेछ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ। प्रेममा सफलता पाईनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। घरायसी व्यवहारबाट टाढै बस्नु होला। सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्