नयाँदल्ली, ६ बैशाख। भारतीय कांग्रेसकी प्रवक्ता प्रियङ्का चर्तुवेदीले पार्टी परित्याग गरेकी छिन्। दुई दिनअघि मात्र आफूमाथि दुव्र्यवहार गर्ने उत्तर प्रदेशका पार्टी कार्यकर्तालाई पार्टीमा पुनःस्थापित गरेकोमा आपत्ति जनाएकी उनले अन्तत: पार्टी नै परित्याग गरेकी हुन्।
प्रवक्ता चतुर्वेदीले अध्यक्ष राहुल गान्धीलाई सम्बोधन गरी राजीनामा दिएको आफ्नो ट्विटर ह्याण्डलमा उल्लेख गरेकी छिन्। पार्टीविरुद्ध कडा टिप्पणी गरेकी उनले शुक्रबारदेखि नै पार्टीको प्रवक्ताको पद हटाएर आफूलाई लेखिका र कोलमिस्ट उल्लेख गरेकी छिन्।
केही महिना अघि प्रियङ्का मथुरा पुग्दा उनले त्यहाँबाट चुनाव लड्ने तयारी गरेको भन्दै केही पार्टीका कार्यकर्ताले दुव्र्यवहार गरेको भन्दै हाईकमाण्डमा उजुरी गरेकी थिइन्।उजुरीपछि ती कार्यकर्ता निलम्बित गरिएका थिए। तर, उत्तर प्रदेशका लागि कांग्रेसका महासचिव ज्यार्तिआदित्य स्किन्डियाले हस्तक्षेप गरेपछि उनीहरुलाई पुनःस्थापित गरिएको थियो।



लाेकपाटी न्यूज

