हवाई भाडा तीन गुणाले बढ्यो

ktm to dilli
लाेकपाटी न्यूज

काठमाडौं, ६ बैशाख। हवाई भाडा तीन गुणाले बढेको छ। काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढेको हो।

भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेपछि यो रुटमा हवाई भाडा चर्को वृद्धि भएको छ। काठमाडौं–दिल्लीका यात्रुलाई हवाई टिकट पाउन गाह्रो भएको ट्राभल एजेन्सीले जनाएका छन्। जेटले हरेक उडानमा एक सय ६८ यात्रुलाई सेवा दिँदै आएको थियो।

अहिले दैनिक करिब पाँच सय यात्रुको चाप अन्य वायुसेवामा परेको छ। काठमाडौं–दिल्ली वायुसेवा कम्पनीका निम्ति लाभदायक गन्तव्य हो। काठमाडौं–दिल्लीको दुईतर्फी उडान गर्ने अन्य वायुसेवाले पनि पर्याप्त मात्रामा उडान थप गर्न सकेका छैन।

कम्तीमा एक साता अगाडिको टिकट पाउन गाह्रो पर्ने एरोलिना टुर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक यमबहादुर खड्काले बताए। उनका अनुसार एक साताअगाडि ८ \ ९ हजार रुपैयाँमा पाइने टिकट अहिले २८ हजार रुपैयाँ पनि पाउन कठिन छ।(अन्नपूर्ण पोस्टदैनिकबाट)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्