प्रदेश लगानी सम्मेलन चितवनमा, प्रचण्डले उद्घाटन गर्ने

prachanda -11
लाेकपाटी न्यूज

चितवन, ६ बैशाख। प्रदेश नम्बर तीनमा लगानी भित्र्याउनका लागि प्रदेश सरकारले चितवनमा निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुसंग शुक्रवार अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।

प्रदेश नीति तथा योजना आयोग हेटौँडाको अयोजनामा हुन लागेको अन्तरक्रिया कार्यक्रम भरतपुरको हाकिमचोकमा आज (शुक्रवार) र भोली (शनिवार) सञ्चालन हुँदै छ। सम्मेलनको उद्घाटन पुर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’ ले दिउँसो २ बजे गर्ने कार्यक्रम छ।

उद्योगी र व्यापारीलाई उत्साहित गर्नका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको आयोगका उपाध्यक्ष खिमलाल देवकाटाले जानकारी दिए। यस प्रदेश विकास र समृद्धिको प्रचुर संभावना बोकेको क्षेत्र भएकाले नीजि, सरकारी र सहकारी सबैको सहकार्यमा विकासको गति अघि बढाउन सम्मेलन आयोजना गरिएको उनले बताए।

आधार पत्रले वार्षिक औषत आर्थिक वृद्धिदर ११.२ प्रतिशत हुने र प्रति व्यक्ति आय रु चार लाख पाँचहजार पुग्ने लक्ष्य लिएको छ। पाँच वर्षे योजना अवधिका लागि कुल स्थिर लगानी ३२ खर्ब ३७ अर्व आवश्यक हुने प्रक्षेपण आधारपत्रको छ। यस लगानी मध्ये ६२ प्रतिशत निजी क्षेत्रबाट हुने अनुमान गरिएको छ।

आधारपत्रले प्रदेश विकासका सम्वाहकका रुपमा गुणस्तरीय पुर्वाधार, उद्योग, विशिष्टीकृत सेवा, विशिष्टीकृत कृषि र सम्पदामैत्री पर्यटन गरी पाँच क्षेत्रमा लगानी केन्द्रीकृत गर्ने खाका बनाएको छ ।

यस्तै प्रदेश नम्वर तीनका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा हुने सो कार्यक्रममा पुर्व अर्थमन्त्री डाक्टर राम शरण महत्त, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री, सभामुख,विभिन्न समितिका सभापतिहरु प्रमुख सचिव, अर्थ्विद्, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शका अध्यक्षहरुको उपस्थिति रहने बताईएको छ।

प्रदेश सरकारको तर्फबाट प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले कार्यपत्र पेश गर्ने योजना बनाईएको छ। यस्तै सात गते पाँच वटा विषयमा विज्ञहरुबाट पेश भएका कार्यपत्र माथि छलफल भई त्यसमाथि छलफल चल्ने आयोगले जानकारी दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्