काठमाडौं, ५ बैशाख । सरकारले ट्राफिक प्रहरी अधिकारी र हवल्अदारलाई प्रोत्साहन भत्ता दिने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको जानकारी दिएका हुन् ।
भत्ताको व्यवस्थासहित ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ स्वीकृत भएको हो । निर्देशिका अनुसार ट्राफिक प्रहरीमा कार्यरत सिपाही र हवल्दारले ४० प्रतिशत भत्ता पाउनेछन् । प्रहरी नायब निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक (असई) ले २० प्रतिशत भत्ता पाउने छन् भने प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी नायब उपरीक्षक (डीएसपी) ले १० प्रतिशत भत्ता पाउनेछन् ।
उनीहरुले आफ्नो न्यूनतम तलब अनुसार भत्ता पाउने गृह मन्त्रालयले जनाएको छ । धुँलो, धुँवा र अन्य कार्यालयमा भन्दा बढी समय सेवामा खटिनु पर्ने भएकाले ट्राफिक प्रहरीलाई भत्ता व्यवस्था गरिएको गृमन्त्रालयका एक अधिकारीले बताए ।



लाेकपाटी न्यूज

