काठमाडौ, ५ वैशाख। पोखरामा राखिएको बमलाई निस्क्रिय पार्नेक्रममा घाइते भएका सैनिकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहले राखिएको बमलाई निस्क्रिय पार्नेक्रममा घाइते भएका हुन्।सो बमबाट कालीभञ्ज्याङ गण रत्नमन्दिर पोखराका नायक धर्मबहादुर थापाको देब्रे हातको हत्केलामा चोट लागेको छ।
उनको प्रारम्भिक उपचार पोखरास्थित फिस्टेल अस्पतालमा गरिएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले बिहीबार पोखराको नदीपुरस्थित प्रदेशसभा भवननजिकको सडकको छेउमा सो बम राखेको थियो।



लाेकपाटी न्यूज
