यात्रु बस अपहरण गरी १४ जनाको हत्या

pic 2
लाेकपाटी न्यूज

पाकिस्तान, ५ बैशाख। पाकिस्तानमा एक बन्दुकधारीले बस अपहरण गरी अन्धाधुन्ध गोली चलाउँदा १४ जनाको ज्यान गएको छ। बुधबार बलूचिस्तान एक बसमा सवार भईरहेका यात्रुहरुको उक्त सवारीलाई रोकी बन्दुकधारीले गोली प्रहार गरेका थिए।

बन्दुकधारीले बसमा सवार रहेका यात्रुहरुलाई बसबाट ओरालेर गोली प्रहार गरेका थिए। अद्र्धसैनिक बलको पोशाक लगाएको बताईएको छ। उक्त घटनाको जिम्मा कसैले पनि नलिएको बताईएको छ। प्रान्तीय गृह सचिवका हैदर अलिले घटनाको पुष्टी गर्दे उक्त बन्दुकधारी अद्र्धसैनिक बलको पोशाक लगाएको बताएका हुन्।

उनले उक्त बस कराँचीबाट ग्वादार जान लागेको बताएका छन्। बिषेशगरी बलुचिस्तानमा छुट्टै बलुचिस्तान बनाउने रणनीतिमा लागेका र स्लामिस्ट मिलिसियाहरू निकै सक्रिय छन्। जहाँ पृथकतावादीहरूले बलुचबाहेक अन्य समूदायलाई निसाना बनाउँदै आएका छन्।

बिषेशगरी उनीहरुले सिया समूदायलाई आतंककित पार्दे हत्या गर्दे आएका छन्। तर बस अपहरण प्रकरणमा मारिएकाहरु भने कुन समूदायका हुन भनेर खुल्न सकेको छैन। पाकिस्तानका प्रधानमन्त्री इमरान खान आफनो देशको छबी परिवर्तन गरि पाकिस्तानलाई समृद्ध र बिकासित मुलुकको रुपमा देखाउन चाहान्छन्।

जसका लागि उनले प्रयास पनि गरिरहेका छन्। तर उनको लागि पनि पाकिस्तानमा रहेका चरमपंथी समूह र तीनका आतंककारी गतिविधी बाधक बनिरहेका छन्।