पेरुका पूर्व राष्ट्रपति गार्सियाले गरे आत्महत्या

लाेकपाटी न्यूज

एजेन्सी । भ्रष्टाचारको आरोप लागेका पेरुका पूर्व राष्ट्रपति एलान गार्सियाले आत्महत्या गरेका छन् । ६९ वर्षीय गार्सियाले बुधबार राति आफैंलाई गोली हानी आत्महत्या गरेका हुन्।

भ्रष्टाचारको आरोप लागिसकेपछि गार्सियालाई गिरफ्तार गर्न प्रहरी उनको घर पुगेका थिए। प्रहरीले उनलाई पक्राउ गरिसकेको थियो। तर उनले प्रहरीसँग महत्वपूर्ण फोन गर्नेभन्दै फोन मागेर कोठाभित्र पुगेका थिए। कोठाभित्र उनले आफैंलाई गोली हानेको प्रहरीको भनाइ छ।

हरीले टाउकोमा चोट लागेको अवस्थामा उनलाई फेला पारेका थियो । तत्काल उनलाई राजधानी लिमास्थित क्यासिमिरो उलावो अस्पताल लगिएको थियो। अस्पतालले उनलाई उपचारको क्रममा मृत घोषणा गरेको थियो।
गार्सियाले ब्राजिलको निर्माण कम्पनीबाट घुस लिएको आरोप लागे पनि उनले यो कुरा अस्किार गर्दै आएका थिए ।

गार्सियाले सन् १९८५ देखि १९९० र २००६ देखि २०११ सम्म दुई पटक पेरुको राष्ट्रपतिय कार्यकाल सम्हालेका थिए। दोस्रो पटक राष्ट्रपति हुँदा उनले सो ब्राजिलियाली कम्पनीबाट घुस लिएको अनुसन्धानमा देखिएको छ।