काठमाडौं, ४ बैशाख । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थीलाई पूर्णाङ्क भन्दा बढी प्राप्ताङ्क अंक दिएको पाइएको छ ।
त्रिविले एक विद्यार्थीलाई कूल ४० नम्बर पूर्णाङ्क भएको ‘जिओलोजी प्राक्टिकल’ विषयको लब्धाङ्क–पत्रमा ४२ नम्बर दिएको छ । बीएस्सी चौथो वर्षको विषयमा यस्तो त्रुटि भएको हो । यो विषयमा उत्तीर्णाङ्क १६ छ । परीक्षा नियन्त्रण कार्यालयले भने छपाई त्रुटिका कारण यस्तो समस्या भएको बताएको छ ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, ‘विषयगत कोड छपाई गर्दा बिग्रेर यस्तो समस्या आएको हो ।’ पूर्णाङ्क भन्दा बढी उत्तीर्णाङ्क ल्याएका विद्यार्थीलाई नयाँ लब्धांक–पत्र दिइसकिएको जोशीले बताएका छन् ।
यसले त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको भविष्यमाथि कतिसम्म खेलवाड र लापर्वाही गरिन्छ भन्ने कुराको उदाहरण पेश गरेको छ ।



लाेकपाटी न्यूज

