राप्ती नदीमा छाडियो एक सय गोही

gohi01
लाेकपाटी न्यूज

चितवन, ४ बैशाख। चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १सय घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ।

यससँगै हालसम्म राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७ सय ८५ पुगेको छ। विगत १६ वर्षदेखि सो प्रजनन केन्द्र हेर्दै आएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार पटक–पटक गरी माघयता ती गोही कसरा नजिकैबाट राप्ती नदीमा छाडिएको हो।

अन्दाजी पाँच वर्ष उमेरका गोही नदीमा छाडिएको उनले। प्रजनन केन्द्रमा हाल ४ सय हाराहारीमा गोही रहेका छन्।
खड्काका अनुसार यसै वर्षका बच्चादेखि ४० वर्ष उमेरसम्मका गोही प्रजनन केन्द्रमा रहेका छन्।

सोही प्रजनन केन्द्रमा हुर्काएर हालसम्म विभिन्न नदीमा एक हजार ४ सय ६५ गोहीलाई छाडिएको छ। नदीमा गोही छाड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन। पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन्।

सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्