नेपाल भारत सीमा पुन: बन्द, आज बेलुका १० बजेसम्म मात्र खुल्ने

Nakshal
लाेकपाटी न्यूज

भद्रपुर, ४ बैशाख । बुधबारदेखि नेपाल भारत सीमा क्षेत्र तीन दिनका लागि बन्द गरिएको छ । झापा जिल्ला प्रमुख अधिकारी जनकराज दाहालले भारतको सीमावर्ती क्षेत्रमा लोकसभा निर्वाचनको मतदान हुनु २४ घण्टा अगाडि नै नेपाल भारतको सिमाना बन्द गरिएको जानकारी दिए ।

उनका अनुसार यही वैशाख ५ गते भारतको पश्चिम बङ्गालस्थित नेपालसँग सीमाना जोडिएका पानी ट्याङ्की नक्साल वाडीलगायत क्षेत्रमा लोकसभा सदस्यको निर्वाचन मतदान हुने भएकाले सुरक्षालाई ध्यान राखेर भारतीय पक्षले आज बेलुका ६ बजेदेखि पानी ट्याङ्कीमा सीमा बन्द गरेको हो ।

बिहीबार बेलुका ६ बजेसम्म गरिएको बन्दबाट नेपालमा रहेका भारतीय र सिलगुडीमा रहेका नेपालीलाई आवातजावतको बाधा नपुगोस् भनेर सीमामा आज जाँँच गरी बेलुका १० बजेसम्म छाड्न सकिने भारतीय प्रहरी बताए ।

तीन दिनसम्म सवारी साधनसहित कुनै पनि व्यक्ति हिँड्न नपाउने गरी नेपाली सुरक्षाकर्मीसँग सहकार्य गरेर भारतीय सुरक्षाकर्मी बाक्लो रुपमा उपस्थित छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्