भारतले लगायो , ‘टिक–टक’माथि प्रतिबन्ध

tik tok
लाेकपाटी न्यूज

काठमाडौं,  ४ बैशाख। भारत सरकारले गुगल र एप्पललाई उनीहरुको एप स्टोरबाट ‘टिक टक’ हटाउन आग्रह गरेको छ।

मद्रास उच्च अदालतले एपमाथि प्रतिबन्ध लगाउन केन्द्रिय सरकारलाई दिएको आदेश सर्वोच्च अदालतले खारेज गरेको भोलीपल्ट सरकारले गुगल र एप्पललाई यस्तो आग्रह गरेको हो।

भारतको सुचना तथा प्रविधि मन्त्रालयले गरेको आग्रह मानेर गुगल र एप्पले एप झिकेको खण्डमा भारतमा टिकटकलाई ठूलो धक्का लाग्नेछ। पहिल्यै यो एप डाउनलोड गरेकाहरुले भने चलाउन सक्नेछन्।

तर, नयाँ डाउनलोड गर्न सकिने छैन्। ‘उच्च अदालतले सरकारलाई टिकटक डाउनलोड गर्न प्रतिवन्ध लगाउन अनुरोध गरेको थियो। मन्त्रालयले गुगल र एप्पललाई आफ्नो एप स्टोरबाट यसलाई झिक्न अनुरोध गरेको छ।

हाम्रो अनुरोध स्वीकार्ने वा अस्वीकार गर्ने उनीहरुको हातमा छ,’ मन्त्रालयका एक अधिकारीले इकोनोमिक टाइम्सलाई भनेका छन्। मद्रास उच्च अदालतले टिकटकले भारतमा अश्लिलता फैलाइरहेको दावी गरेको थियो। भारतले गरेको आग्रहमा गुगल र एप्पले प्रतिक्रिया दिएका छैनन्।

साथै भारतीय युवाहरुले यस एपमार्फत भारतीय राजनीतिज्ञहरुको बिल्ला गरिरहेको भनेर तामिलनाडुको संसदमा कुरा उठेको थियो। गत साता टिकटकको चिनीया मालिक बाइटडान्सले ६० लाख वटा अनुचित खालका भिडियोहरु हटाएको जानकारी दिएको थियो।

तर, तेस्रो पक्षले अपलोड गर्ने भिडियोमा कम्पनी जिम्मेवार नहुने उसको भनाई छ। मद्रास सरकारको निर्देशनका विरुद्ध कम्पनीले सर्वोच्चमा पुनरावेदन दिएको थियो। जसमा सर्वोच्चले टिकटकलाई प्रतिवन्ध गर्नु नपर्ने आदेश ग¥यो । भारतमा टिकटकका करोडौं प्रयोगकर्ता छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्