काठमाडौं, ३ बैशाख। नेपाली कांग्रेसले वैशाख ११ बाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ। यो कार्यक्रम एक महिना लामो हुनेछ।
वर्तमान सरकारले संघीयताको मर्मअनुसार काम नगरेको भन्दै उपसभापति विमलेन्द्र निधिले यसलाई बुझाउन जागरण अभियान सुरु गर्न लागिएको बताए।
उसकाअनुसार पहिलो चरणमा ७७ जिल्लामा हुनेछ। दोस्रो चरणका कार्यक्रम भदौ २३ देखि असोज ७ सम्म ३३० निर्वाचन क्षेत्रमा हुनेछ भने तेस्रो चरणको कार्यक्रम पुस ७ देखि १४ सम्म सबै पालिकामा हुनेछ।


लाेकपाटी न्यूज

