सेनाको गोप्य कारबाहीमा छ लडाकू मारिए

AFganisthan ladaku
लाेकपाटी न्यूज

काबुल, ३ बैशाख। अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा सेनाको गोप्य कारबाहीमा परी छ जना तालिबानी लडाकूको मृत्यु भएको छ।अन्य नौ जना घाइते भएका छन्।

अफगान रक्षा मन्त्रालयका अनुसार प्रान्तीय राजधानी कुन्दुजको बाहिरी इलाकाको काकारमा सेनाको गोप्य कारबाहीबाट ती लडाकू मारिएका हुन्। उक्त कारबाहीका क्रममा तालिबान लडाकूका तर्फबाट पनि गोली चलाइएको सेनाले जनाएको छ।

सेनाद्वारा जारी अर्को विज्ञप्तिमा उक्त कारबाहीका क्रममा एउटा सवारी साधन, आठ थान रकेट र आठ वटा बारुदी सुरुङ पनि बरामद भएको उल्लेख छ। भिडन्तमा सुरक्षाफौजतर्फ कुनै क्षति भएको छैन।

गत शुक्रबारदेखि अफगानिस्तानका ३४ मध्ये २५ वटा प्रान्तमा सुरक्षाफौज र तालिबानी लडाकू समूहबीच सङ्घर्ष जारी छ। तालिबानले गत शुक्रबार नयाँ सशस्त्र सङ्घर्ष अघि बढाउने घोषणा गरेको थियो।

तालिबानले हरेक वर्ष वसन्त ऋतुका दिनहरुमा विशेष रुपमा आक्रमणका योजना बनाउने गरेको छ।