गिरफ्तार साहित्यकारकाे तुरुन्त रिहाइ गरियाेस् : प्रगतिशील लेखक संघ

लाेकपाटी न्यूज

काठमाडौं, ०३ वैशाख । प्रगतिशील लेखक संघले राज्यले कुनै पनि बहानामा गिरफ्तार गरेका लेखक तथा साहित्यकारहरुको यथाशीघ्र रिहाइको माग गरेको छ।

संघले नेपालमा पछिल्लो समय विचारकै आधारमा लेखक साहित्यकार र कवि, कलाकारलाई गिरफ्तार गर्ने, हिरासतमा राख्ने र मुद्दा चलाउने जस्ता कार्यहरु गरेको भन्दै त्यस्ता गिरफ्तार गरिएका साहित्यकारहरुको यथाशीघ्र रिहाइ गर्न माग गरेको हो।

सबै विचारहरु स–सम्मान क्रियाशील हुन पाउने अधिकारलाई मौजुदा संविधानले नै प्रत्याभूत गरेको भन्दै प्रगतिशील लेखक संघले राज्यका पछिल्ला विचारमाथिका दमनकारी कदमप्रति आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन्। संघले आज एक पे्रस विज्ञप्ति जारी गर्दै गिरफ्तार गरिएका कवि, लेखक तथा साहित्यकारहरुको रिहाइ गर्न अपिल गरेको छ।

प्रगतिशील लेखक संघद्वारा जारी प्रेस विज्ञप्ति यस्तो छः