फलाम बन्याे १९ लाखमा किनेको सुन

arrested
लाेकपाटी न्यूज

काठमाडौं, ३ बैशाख । सुनको टुक्रा भनि फलामको टुक्रा बेच्ने चार जना पक्राउ परेका छन् । काठमाडौं विभिन्न स्थानमा सुन भनि फलाम बेच्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गा.पा ६ वस्ने वर्ष ३३ पूर्ण वहादुर तमाङ्ग, काभ्रे चौरी देउराली गा.पा ३ वस्ने वर्ष २६को चन्द्र वहादुर श्रेष्ठ तथा सोही स्थानका प्रविन श्रेष्ठ र सुवास श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उनीहरुले सुनको टुक्रा सस्तोमा विक्रि गर्ने भन्दै फलामको टुक्रालाई सुनको गहना राख्ने भाडामा पहेलो कपडाले बेरी पुस ९ गते सामाखुसीस्थिति रानीबारीका राजेश विकलाई बेचेका थिए ।

किनेको सुन घर गएर हेर्दा ४ वटा फलामको टुक्रा भेटिएपछि विकसले आफू ठगिएको भन्दै प्रहरीलाई खबर गरेका थिए । त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौं विशेष टोली परिचालन गरी खोज तलास गर्ने क्रममा वैशाख दुई गते फलामका टुक्रालाई सुन भन्दै बेच्ने चार जनालाई सुन्धाराबाट नियन्त्रणमा लिएको थियो ।

ठगी कार्यमा प्रयोग हुँदै आएको ट्याक्सीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले लुटिएको रकम विभिन्न व्यक्तिहरुलाई दिएको र त्यसको पहिचाहन गरी फिर्ता ल्याउने कार्य भईरहेको प्रहरीले जनाएको छ । उनीहरुले ठगिएको रकम आपसमा वाँडी लिने गरेको प्रारम्भीक वयानमा खूलेको प्रहरीको भनाइ छ । जसमध्ये
तामाङ्गले ९ लाख ५० हजार, चन्द्र वहादुर श्रेष्ठले ३ लाख ५० हजार, प्रविन श्रेष्ठले ३ लाख र सुवास श्रेष्ठले ३ लाख बाँडफाँड गरि लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै प्रहरीले नक्कली सुनलाई सक्कली भनि ठगी गर्ने अर्का एक जनालाई पनि पक्राउ गरेको छ ।
चैत ३० गते स्वयम्भू क्षेत्रमा सुन विक्रि वितरण गरिरहेको भन्ने विशेष सुचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौबाट खटिएको टोलीले वेमान तामाङलाई पक्राउ गरेकाे हाे ।

प्रहरीले धादिङ रुवि भ्याली गा.पा ४ घर भई हाल स्वयम्भु वस्ने वर्ष २२ बर्षिय तामाङ्गको साथबाट १ केजि नक्कली सुनसहित नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्