विप्लवका जिल्ला इन्चार्ज ज्वाला जेल चलान

biplob
लाेकपाटी न्यूज

काठमाडौं, ३ बैशाख। नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला जिल्ला ईञ्चार्ज बीरबहादुर घलान ज्वालालाई जिल्ला अदालतले कारागार पठाएको छ।

सोमबारको थुनछेक आदेपछि अदालतले ज्वालालाई १८ हजार धरौटी माग गरेको थियो। धरौटी रकम बुझाउन नसकेपछि अदालतले ज्वालालाई भीमफेदी कारागार लगिएको हो।

न्यायाधीश धु्रवकुमार पियाको एकल इजलासले ज्वालासँग धरौटी माग गर्ने आदेश दिएको थियो। धरौटी रकम बुझाउन नसकेपछि उनलाई भीमफेदी कारागार पठाएको हो।

केही महिनाअघि मनहरी गाउँपालिका वडा नं ३ मा विस्फोटक पदार्थ भेटिएको घटनामा उनी संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको थियो। उनलाई सोमबार अदालत पेश गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्