मिस्टर प्लस साइज नेपालको लागि आवेदन खुल्ला

mr plus
लाेकपाटी न्यूज

काठमाडौं, ०३ वैशाख । मिस्टर प्लस साइज नेपालको आवेदन खुल्ला गरिएको छ । मोडल सङ्ग्स नेपालले ग्लोरी मिडियासँगको सहकार्य माझ उक्त सौन्दर्य प्रतियोगिता संचालन गर्न लागेको हो ।

“मिस्टर प्लस साइज नेपाल, २०१९” सौन्दर्य प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित प्लस साइज पुरुषहरुले भाग लिन पाउने छन् । प्रतिस्पर्धामा भाग लिनका लागि १६ देखि २५ बर्ष उमेर समूहका लागि ६० केजी भन्दा माथिको तौल र २५ बर्ष भन्दा माथिका समूहका लागि ७० केजी भन्दा माथिको तौल हुनुपर्ने प्रावधान छ।

आयोजक संस्था मोडल सङ्ग्स नेपालका प्रमूख डेबिल सिंह राजपुतका अनुसार अडिसनमार्फत छनौट हुने प्रतिस्पर्धीहरुलाई करिब एक महिना लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा प्रतिस्पर्धीहरुलाई नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्वन्धी ज्ञान तथा यसको भविष्य, कम्यूनिकेशन स्किलस्, एम सि ज्ञान तथा जीवनोपयोगी ज्ञान, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, समय तथा रिस व्यवस्थापन, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण दिइनेछ ।

विगत २ वर्षदेखि नेपालमै पहिलो पटक महिलाहरु लक्षित सुपर प्लस साइज मोडल नेपाल सौन्दर्य प्रतियोगिता आयोजना गरी प्लस साइज मोडलिङ क्षेत्रमा आफ्नो बेग्लै छाप छोड्न सफल मोडल सङ्ग्स नेपालले नेपालमै पहिलोपटक पुरुष लक्षित सौन्दर्य प्रतियोगिता संचालन गर्न लागेको आयोजक राजपुतले जनाएका छन ।

मिस्टर प्लस साइज नेपाल सौन्दर्य प्रतियोगिताले सुन्दर र क्षमता भएर पनि सधंै पछि परेका र मोटोपनले गर्दा आफूलाई एक्सपोज गर्न हिच्किचावटमा पर्ने गरेका पुरुषहरुको क्षमतालाइ अभिवृद्दी गर्न तथा समाजमा सकारात्मक संदेश फैलाउनमा मद्दत पुर्याउने विश्वासका साथ ग्लोरी मिडियाले प्रतियोगिताका लागि सहकार्य गरेको ग्लोरी मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले बताए ।

प्रतियोगिताका विजेता तथा उत्कृष्ट तीन जना रनरअपहरुले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने जानकारी आयोजक संस्थाले दिएको छ।

प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीहरुको निम्ति अडिसन फाराम वितरण कार्य बैशाख २ गतेबाट प्रारम्भ भएको राजपुतले जनाए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न सौन्दर्य प्रतियोगिता तथा अवार्ड कार्यक्रमहरु भव्य रुपमा संचालन गर्न सफल तथा भर्खरै मात्र इजिप्टको अलेक्जेन्ड्रियामा एम एस एन एक्सीलेन्स अवार्ड, २०१९ तथा दुवईमा मोडल सङ्ग्स अवार्ड र राजधानीमा सुपर प्लस साइज मोडल नेपाल, २०१९ सिजन–२ सौन्दर्य प्रतियोगिताको भव्य समापन पश्चात् मोडल सङ्ग्स नेपालको आयोजनामा मिस्टर प्लस साइज नेपाल, २०१९ को आयोजना हुन लागेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्