चितवन, ३ वैशाख। भरतपुर महानगरपालिका २६ मिलनचोकमा करेन्ट लागेर मंगलबार एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका १५ मङ्गलपुरका ४० वर्षीय हेमराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
मिलनचोकस्थित चितवन केवल टेलिभिजनको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो।
गुरुङको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।


लाेकपाटी न्यूज

