रसुवा, ३ बैशाख। उपराष्ट्रपति नन्दबहादुर पुनले रसुवा नेपालकै प्राकृतिक सुन्दरता, धार्मिक केन्द्र, प्राकृतिक स्रोत साधनले सम्पन्न अपार सम्भावनायुक्त जिल्ला भएको बताएका छन्। रसुवामा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले दर्जनभन्दा बढी जलविद्युत आयोजना,अन्तर्राष्ट्रिय नाका, लाङ्टाङ गोसाइँकुण्ड, रसुवागढीजस्ता पर्यटकीय केन्द्र र यहाँका मौलिक कला, संस्कृति रसुवाको मात्र नभई देशकै समृद्धिको आधार भएको बताए।
सरकारले जलविद्युत आयोजना निर्माणलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै उनले हरेक नेपालीलाई विद्युतको शेयरधनी बनाउने र त्यसमार्फत समृद्धि ल्याउनका लागि सरकारले जनताको जलविद्युत कार्यक्रम शुरु गरिसकेको बताए। उनले भने, “जनताको जलविद्युत कार्यक्रमअन्तर्गत आफूसँग भएका स–साना पूँजीबाट शेयर किन्न आम नेपालीलाई अपिल गर्दछु।
उनले जलविद्युतमा लगानी वृद्धिका लागि सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय लगानीकर्तालाईआग्रहसमेत गरे। रसुवा जिल्ला जलविद्युतका केन्द्रका रुपमा रहेको र हालैमात्र झण्डै दर्जनभन्दा बढी आयोजना निर्माणाधीन रहेको सन्दर्भ प्रस्तुत गर्दै उपराष्ट्रपतिलेभने, “चिलिमे जलविद्युत आयोजनाबाट सर्वसाधारणले जलविद्युतमा शेयर हाल्ने परिपाटीको शुरुआत भयो।
त्यसकै विकसित रुप जनताका जलविद्युत कार्यक्रम आएको छ। अहिले रसुवाका दुई वटा आयोजना जनताको जलविद्युत कार्यक्रमभित्र परेका छन्। म शेयर राखेर मुनाफा लिन रसुवावासीलाई आग्रह गर्दछु ।”



लाेकपाटी न्यूज

