काठमाडौं, ३ बैशाख। दिल्ली काठमाडौं चल्ने पर्यटक बसबाट अवैधरुपमा सामान ल्याएको भन्दै नियन्त्रणमा लिएको छ। कपडा र अन्य सामग्री भन्सार छलेर अवैधरुपमा नेपाल ल्याएको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो।
सस्तोमा दिल्लीबाट भन्सरा छली काठमाण्डौं सामान ल्याएर बिक्री गर्न लागेको भन्दै करिव ६० लाख बराबरको सामान बरामद् गरेको छ। प्रहरीले ना ५ ख ४८४२ नं.को वसबाट सामान बरामद गरेको हो।
महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी बसन्तकुमार लामाका अनुसार कुर्ता ६ सय ६० पिस, टप्स २ हजार २ सय ९५ पिस बरामद् गर्न सफल भएको छ।
यसबाहेक पाइन्ट २ सय ३४ पिस, सर्ट ८ सय २९ पिस, टि–सर्ट १ सय ४१ पिस, समिज १ सय २२ पिस, लेदर ब्याग ६ पिस, लेहेंगा ७ सय पिस समेत बरामद् गरेको छ।
उनीहरुको साथबाट ४ लाख ५० हजार रुपैयाँ, ५० लाख भन्दा बढीको अवैध तरिकाबाट भित्र्याइएको लत्ताकपडा, मोवाइल सेट लगायत बरामद् गरेको एसएसपी लामाले जानकारी दिए।
पक्राउ पर्नेमा सर्लाही घर भएका वस चालक श्याम विश्वकर्मा, सुर्खेतकी ३२ वर्षीया दीपा राना र नुवाकोटका भरत तामाङ रहेका छन्।
उनीहरुले प्रहरीलाई नै सामान छुटाउन भन्दै घुस दिन तयार भएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। यस अघिपनि दिल्ली काठमाण्डौ चल्ने बसमा रक्तचन्दन, अवैध कपडाको कारोबार हुने गरेको सार्वजनिक भएका थिए।



लाेकपाटी न्यूज

