मन्त्रीपरिषदद्वारा वैशाख २ गतेलाई भर्ना दिवस घोषणा

pic
लाेकपाटी न्यूज

काठमाडौं, २ वैशाख। सोमबार बेलुका बसेको मन्त्रीपरिषद बैठकले प्रत्येक वर्षको वैशाख २ गतेलाई विद्यार्थी भर्ना दिवसका रुपमा मनाउने निर्णय गरेको छ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वैशाख २ लाई विद्यार्थी भर्ना दिवसका रुपमा मनाउन प्रस्ताव पेश गरेका थिए। मन्त्री पोखरेलको प्रस्तावलाई मन्त्रीपरिषदको बैठकले पारित गरेको हो।

बैठकले वैशाख २ गतेदेखि १६ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। देशबाट निरक्षरता उन्मूलन गर्न भर्ना दिवस र भर्ना अभियानको निर्णय भएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए।
केसीका अनुसार वैशाख २ गतेकै बैठकले वैशाख २ लाई विद्यार्थी भर्ना दिवसका रुपमा घोषणा गरेको हो। यसअघि नै सत्तारुढ दलका विद्यार्थी संगठन अखिल र अखिल क्रान्तिकारीले भर्ना अभियान सञ्चालनमा सहयोग गर्ने घोषणा गरिसकेका छन्।
अघिल्लो वर्ष सरकारले सञ्चालन गरेको भर्ना अभियान उपलब्धिमूलक देखिएको थियो। उक्त अभियानका क्रममा प्रधानमन्त्री, मन्त्री र सांसदहरुले असहाय र बिपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्