काठमाडौं, २ बैशाख । रसुवाली कवि भनेर चिनिने ठाकुरप्रसाद तिमिल्सिना पक्राउ परेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ समुहको नेता भएको आरोपमा उनी पक्राउ परेका हुन् ।
तिमिल्सिनालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो । उनलाई सशस्त्र प्रहरी बलको विशेष टोलीले पक्राउ गरेको हो । तिमिल्सिनामाथि प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको सदस्य भएको आरोप छ ।
उनीलाई थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बालाजु बुझाइने सशस्त्र प्रहरीका एक अधिकारीले बताए ।



लाेकपाटी न्यूज

