कांग्रेस नेपालकाे असफल पार्टी हाे : भीम आचार्य

bhim acharya
लाेकपाटी न्यूज

काठमाडौं, २ बैशाख । नेपाल कम्युनिष्ट पाटीका स्थायी समिति सदस्य भिम आचार्यले काँग्रेस असफल पार्टी भएको बताउँदै नेकपा सरकारले कांग्रेसभन्दा पाँच गुणा बढी काम गरेको बताएका छन् ।

पूर्वपर्यटनमन्त्रीसमेत रहेका आचार्य प्रदेश नं १ का ईञ्चार्ज हुन् । पर्वतको कुश्मा बजारमा कार्यकर्ता भेटघाटमा बोल्दै उनले सो करा बताएका हुन् । उनले भने, ‘२३ वर्ष सत्ता चलाउँदा कांग्रेसले के गर्यो ? एउटा कुनै राम्रो काम देखाउन सक्छ ? नेपाली कांग्रेस परीक्षण भएर असफल भएको पार्टी हो। कांग्रेसले समृद्धिको नेतृत्व गर्नै सक्दैन ।’

दुईतिहाईले अहंकार जन्मिउकोले पार्टी छलफल गरेर मात्र निर्णय हुनुपर्ने उनको भनाइ छ । उनले पार्टीले सधै सिष्टममा चल्नुपर्ने कुरामा जोड दिएका छन् । उनले नेकपामा गुटउपगुट अन्त्य नहुने बताउँदै छलफल पनि गर्दै काम गर्ने बताए ।

अर्काे प्रसंगमा उनले नेत्रविक्रम चन्द विप्लवलाई संकेत गर्दै देशमा फेरि हतियार उठाउन जरुरी नरहेको बताए । उनले भने,‘अब कसका विरुद्ध हतियार उठाउने ? के गणतन्त्रका विरुद्ध हतियार उठाउने ? विप्लव समूह मूलधारको राजनीतिमा आउनुपर्छ।’

यस्तै आचार्यले वर्ष वर्षमा वृद्धाभत्ता बढ्नेबताउँदै पाँच वर्षमा वृद्धाभत्ता पाँच हजार पुग्ने दाबी गरेका छन् ।