सरकारी वेभसाइटमा प्रभु यशुकाे प्रचार

लाेकपाटी न्यूज

बाठमाडौं, २ बैशाख । सरकारी वेबसाइटमा ईसाइ धर्मको अर्थात प्रभू यशूको विज्ञापन गरिएको छ । धर्मनिरपेक्ष देशको सरकारी निकाय ‘राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र’को वेबसाइटमा प्रभू यशूको विज्ञापन खाखिएको भेटिएकाे हाे ।

धेरैमान सरकारी निकायले नै भूकम्पको क्षतिबाट बचाउने जिम्मा प्रभू यशूलाई सुम्पिएको हो कि ? भन्ने भ्रम परेको छ ।यस कार्यले सरकार तथा सरकारी निकायको चर्को आलोचना भइरहेको छ ।

‘दुईतिहाइ बहुमतले संविधानलाई नै धर्मसापेक्ष बनाउने ल्याकत राख्छ भने वेबसाइटमा विज्ञापन गर्नु त के ठूलो कुरा भयो’ भन्ने जस्ता तर्कहरु सामाजिक सञ्जालमा पोष्ट गरिएका छन् । सरकारी निकाय जस्तो जिम्मेवार निकायले यस्तो गर्नु उचित होला ? भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्