काठमाडौं, २ बैशाख। महिनावारी महिलाहरुको एक प्राकृतिक प्रकृया हो। महिनावरी महिलासंग मात्रै सम्बन्धित हुन्छ। जुन कुरा नभएमा उनिहरुले मातृत्व समेत वहन गर्न सक्दैनन्। साधारणतया महिलाहरु किशोरावस्था लागेसँगै महिनावारी शुरु हुन्छ।
योसँगै अधिकांश महिला तथा किशोरीहरुमा महिनावारी अनियमित एकदमै ठुलो समस्या बनेको हुन्छ। जुन कुरा उनिहरुको स्वास्थ्य अवस्था गडवढ, तौल घटवढ, खानपान र रहनसहनका कारण महिनावारी अनियमित हुन्छ। जसका कारण महिला तथा किशोरीहरु चिन्तित रहन्छन्।
महिनावारी अनियमित भएको अवस्थामा घरेलु उपायको बारेमा जानकारी दिन गईरहेका छौं। जसको प्रयोगले तपाईहरुको महिनावारी अनियमित हुने समस्या कम गर्छ।
–यदि तपाईले मुलाको बिउलाई पिसेर पानीसँग दैनिक आधा चम्चा खाँदा महिनावारी नियमित हुने गर्छ।
–यदि यस्तो समस्या भएकाहरुले मुला, भटमास, मेथी, गाँजरको मिश्रणबाट जुस बनाई पिउँदा यस्तो समस्याबाट बच्न सकिन्छ।
–गुँड र तिलको लड्डुको प्रयोग गर्दा पनि महिनावारीको अनियमिततालाई हटाउछ सक्छ।
–यदि तपाईले सुकाई राखेको अनारको बोक्रालाई पिसेर प्रयोग गरेमा महिनावारीमा आउने विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ। पानीसँग एक चम्चा धुलोलाई मिसाएर पिउनुपर्छ।



लाेकपाटी न्यूज

