सरकारी चिकित्सकको आन्दोलन स्थगित

Doctor
लाेकपाटी न्यूज

काठमाडौं, १ वैशाख। समायोजनप्रति असन्तुष्टि जनाउँदै सेवा बहिष्कार गर्दै आएका सरकारी चिकित्सकहरुले आन्दोलन स्थगित गरेका छन्। दुई हप्ताका लागि सरकारी चिकित्सकहरुले आन्दोलन स्थगित गरेका हुन्।

पेशागत धर्म र बिरामीलाई पर्न गएको असुविधालाई ध्यानमा राख्दै तत्कालका लागि आन्दोलनको स्वरुप परिवर्तन गरिएको सरकारी चिकित्सक संघले जनाएको छ। सरकारी चिकित्सक संघका अध्यक्ष दिपेन्द्र पाण्डेले आफुहरुले तत्कालका लागि आन्दोलन स्थगित गरे पनि भोलि (सोमबार)देखि कालो पट्टि बाँधेर बिरामीको उपचार गर्ने निर्णय गरेको बताए।

विगत १० दिनदेखि सरकारी चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेका थिए। शनिबार भएको वार्तामा सरकारले कानुनी प्रावधान मिलाएर माग पूरा गर्न समय मागेपछि चिकित्सकहरु आन्दोलन स्थगित गर्न सहमत भएका हुन्। दुई हप्ताभित्र पनि माग सम्बोधन नभएमा कडा आन्दोलनमा उत्रने अध्यक्ष पाण्डेले चेतावनी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्