सरकारले कुनै पनि क्षेत्रमा राम्रो काम गरेन : सभापति देउवा

Sherbahadur-Deuwa
लाेकपाटी न्यूज

धनगढी, १ बैशाख। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अहिलेसम्म कुनै क्षेत्रमा राम्रो काम नगरेको भन्दै आलोचना गरेका छन्।

कैलालीको धनगढीमा आयोजित कार्यक्रममा उनले देशमा हत्या, हिंसा, बलात्कार, महंगी, कर सबै बढेको भन्दै सरकारले कुनै क्षेत्रमा राम्रो काम गर्न नसकेको दावी गरे।

‘हत्या, हिसा, बलात्कार बढेको छ’ उनले भने ‘निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई बचाउने समेत काम गरेको छ’ उनले भने। अहिले महंगी बढ्नुका साथै जताततै कर तिर्नुपर्ने बाध्यताले नागरिक आक्रान्त भएको पनि सभापति देउवाले जिकिर गरे।

‘महंगी बढेको छ, जहाँ पनि ट्याक्स नै ट्याक्स लगाएको छ’ उनले भने ‘शिक्षामा पनि हस्तक्षेप गरेको छ। ’

सामान्य काम गरेर खाने नेपालीहरुलाई करको भार थोपर्ने काम अहिलेको सरकारले गरिरहेको भन्दै पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति देउवाले गफ मात्रै गर्ने तर कामको सिन्को नभाँच्ने प्रवृत्ति सरकारमा देखिएको दावी गरे।

सरकारले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय लगायत शिक्षा क्षेत्रमा हस्तक्षेप गरेको देउवाले आरोप लगाए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्