काठमाडौं, ३० चैत । काठमाडौं मलमा घोटला भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।
आयोगका प्रवक्ता प्रदिप कुमार कोईरालाले अख्तियारमा काठमाडौं मल घोटलासम्बन्धी उजुरी परेको पुष्टी गरेका हुन् । प्रवक्ता कोईरालाले भने ‘काठमाडौं मल सम्बन्धमा उजुरी परेको छ, यधपी विधी र प्रकृया गोप्य राख्नुपर्ने हुँदा यस विषयमा थप बोल्न मिल्ने अवस्था छैन ।’
‘द काठमाडौं मल’ व्यापार संघका अध्यक्ष सुष्मा महराले अर्थ मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र अख्तियारलाई छानविनको प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको बताइन् । उनले दोशी माथि कार्वाही हुनुपर्ने माग अघि सार्दै आएकी छिन् । आफ्नो कर्तुत ढाक छोेप गर्न मल बचाउ अभियान वा अरु केहि भनेर हिड्नुको कुनै अर्थ नभएको उनको भनाइ छ ।
उनले ‘द काठमाडौं’ व्यपार संघ मलका व्यवसायीलाइै निकास दिन लागिरहेको भन्दै सबै व्यपारीहरुलाई ढुक्क भएर आफ्नो व्यवसाय गर्न मिडिया मार्फत पनि आग्रह गर्न चाहेको बताइन् । केही समय अघि मात्रै संघको नेतृत्व लिएकी अध्यक्ष सुष्मा महराले कुनै पनि हालतमा हिसाव पारदर्शी हुनुपर्ने अडान कायम गरेपछि संघमा पहिलो कार्यकालमा रहेका ९ जनाले सामुहिक राजिनामा दिएका थिए ।
काठमाडौं मल व्यापार संघमा पहिलो ठेकेदार राणाले २०७१ मंसीर ५ देखि ‘द काठमाडौं मल’ व्यापार संघ र राणाबीच सम्झौता भई कर्मचारी सञ्चय कोषसमेतले स्वीकार गरी व्यापार संघबाट सिधै सञ्चयकोषमा भाडा बुझाएको भने तापनि २०७२ असोजसम्म १२ करोड ६२ लाख ६५ हजार रुपैया कर्मचारी संचय कोषले रकम नलिएको भनी राणाबिरुद्ध मुद्दा हालेको थियो ।
मुद्दामा पाटन अदालतले कर्मचारी सञ्चय कोषले भरी लिन पाउने निणर्य गरेको कागजसहित ‘द काठमाडौं मल’ व्यापार संघमा उक्त अवधिको १२ करोड ६२ लाख ६५ हजार संघबाट भराई पाउ भनी राणाले निवेदन दिए पछि संघबाट ९ जनाले सामुहिक राजिनामा दिएका थिए ।



लाेकपाटी न्यूज

