सप्तरी, ३० चैत। नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले बर्तमान सरकारसँग कुनै पनि पक्ष सन्तुष्ट हुन नसकेको बताएका छन्।
शनिबार नेपाल प्रेस युनियन सप्तरीले सप्तरीको राजबिराजमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सिंहले यस्तो बताएका हुन्। बलियो सरकार बनेपछि जनताले जुन अपेक्षा गरिरहेका थिए त्यो पूरा गर्न पूर्णः असफल भएको बताए।
सरकार आफ्नो प्राथमिकताको कामभन्दा प्रचारबाजीमा मात्र केन्द्रित भएको आरोप लगाए। न त बिनियोजित बजेट खर्च गर्न सकेको छ ? न त सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न सक्छ, न त कर्मचारी संयन्त्र प्रभावकारी रुपमा संचालन गर्न सकिरहेको छ भन्दै अहिले पनि डाक्टरहरुको आन्दोलन नै एउटा उदारणको रुपमा लिन सकिने उनको भनाई थियो।
नेता सिंहले सरकार चरम भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए।



लाेकपाटी न्यूज

