काठमाडौं, ३० चैत। सार्वजनिक जग्गा व्यक्तिका नाममा नामसारी गरेको हुन सक्ने आशंकामा सरकारी जग्गाको छानबिन गर्ने सरकारले निणर्य गरेको छ।
सरकारले देशभरका सरकारी जग्गाको छानबिन गर्ने निणर्य गरेको हो।सरकारले मन्त्रिपरिषदले भूमिव्यवस्था र गृह मन्त्रालयलाई छानबिन गर्न आदेश दिएको हो।
केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले सरकारी जग्गाको गलत प्रयोग भएको भए त्यसको छानबिन गर्न, सरकारी जग्गाको अभिलेख संकलन गर्न र सरकारी जग्गाबारे कस्तो नीति बनाउने भन्नेबारे सुझाव दिन आयोग गठन गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषदले दिएको त्यस्तो टिओआर पूरा गर्ने आयोग कसरी बनाउने भनेर अहिले गृह मन्त्रालयसँग भूमि व्यवस्था मन्त्रालयले अनौपचारिक छलफल गरिरहेको सचिव गोपीनाथ मैनालीले बताए।



लाेकपाटी न्यूज

