पाल्पा, ३० चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट शिक्षक संगठन पाल्पाका अध्यक्ष विजय बुढामगर पक्राउ परेका छन् ।
प्रहरीले उनलाई शुक्रबार दिउँसो सदरमुकाम तानसेनबाट पक्राउ गरेको हो । शिक्षक सेवा आयोगबाट लिइएको आन्तरिक परीक्षामा उत्तीर्ण भएका बुढामगरलाई शिक्षा एकाइ समन्वय समिति पाल्पाको कार्यालयमा नियुक्तिपत्र लिन आउने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।
उनीमाथि अनुसन्धान भइरहेको र आइतवार मात्र मुद्दा दर्ता हुने प्रहरी उपरीक्षक पोखरेलले बताए । पक्राउ परेका बुढामगरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
मुद्दा दर्ताको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुढामगरले रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाको कुवारी आधारभूत विद्यालयमा अध्यापन गर्दै आएका छन् ।



लाेकपाटी न्यूज

