कञ्चनपुर, ३० चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका कञ्चनपुर कृष्णपुर नगरपालिका सेक्रेटरी पक्राउ परेका छन्।
विप्लवका नगरपालिका सेक्रेटरी ४५ वर्षीय रामप्रसाद भट्टलाई प्रहरीले शनिबार पक्राउ गरेको हो। भट्टलाई कृष्णपुरकै रैकवार क्षेत्रबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
‘पक्राउ परेका भट्टको साथबाट संगठनको योजना र सङ्गठन विस्तारबारे उल्लेख गरिएको डायरी र पार्टीको सिद्धान्त बारेका किताबसमेत बरामद गरेका छौं’, उनले भने।
कृष्णपुरकै क्रसर उद्योगमा केही दिनअघि जेसिभी आगजनीमा संलग्नता भए-नभएको बारे भट्टसँग सोधपुछको कार्यसमेत शुरु गरिएको छ। सेक्रेटरी भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ।



लाेकपाटी न्यूज

