चिनियाँ जहाज उदाउँदा एक वर्षमै ६० करोड घाटा

Helicopter
लाेकपाटी न्यूज

काठमाडौं, ३० चैत । आन्तरिक उडानका ६ वटा चिनियाँ जहाज उदाउँदा एक वर्षमै ६० करोड ६१ लाख रुपैयाँ घाटा भएको छ ।

नेपाल वायुसेवा निगमले राष्ट्रिय ध्वजाबाहक आन्तरिक उडानका चिनियाँ जहाज उदाउँदा एक वर्षमै ६० करोड ६१ लाख रुपैयाँ घाटा व्यहोरेको हो । महालेखा परीक्षकले शुक्रबार सार्वजनिक गरेको ५६ औँ वार्षिक प्रतिवेदनअनुसार निगमलाई २०७४ ७५ मा उक्त घाटा भएको छ ।

निगमले आन्तरिक उडानमा प्रयोग गरेको एमए ६० बाट ३१ करोड ६४ लाख र वाई १२ मार्फत २८ करोड ९७ लाख गरी वर्षमै ६० करोड ६१ लाख रुपैयाँ खुद घाटा भएको प्रतिवेदनमा उल्लेख छ । २०७५ ७५ को एक आर्थिक वर्षमा एमए ६० ले २० करोड ६४ लाख सञ्चालन आम्दानी गरेको थियो ।

एक वर्षमा भएको खर्च घटाउँदा एमए ६० मा मात्रै ३१ करोड ६४ लाख खुद घाटा छ । यो समाचार अन्नपूर्ण राष्ट्रिय दैनिकमा प्रकाशीत छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्