सुडानी सैन्य काउन्सिल प्रमुख अउफद्वारा राजीनामा

pic 5
लाेकपाटी न्यूज

सुडान, ३० चैत। अफ्रिकी मुलुक सुडानका रक्षामन्त्री तथा सैन्य काउन्सिलका प्रमुख अवाद इब्न अउफले राजीनामा घोषणा गरेका छन्। सैन्य ‘कू’ गरेको एक दिनपछि नै उनले पद छाडेको घोषणा गरेका हुन्।

सैन्य काउन्सिलले तीन दशकदेखि सत्तामा रहेका राष्ट्रपति ओमर अल बसिरलाई पक्राउ गरेर बिहीबारदेखि सुडानको सत्ता आफ्नो हातमा लिएको थियो।

तर, नागरिकस्तरबाट चर्को विरोध भएपछि सैन्य काउन्सिलका प्रमुख रक्षा मन्त्री अवादले राष्ट्रिय टेलिभिजनमार्फत् सम्बोधन गर्दै पछि हटेको घोषणा गरेका हुन्।

पछिल्लो केही महिनादेखि राष्ट्रपति ओमरविरुद्ध प्रदर्शन गर्दै आएकाहरुले सैन्य ‘कू’ को विरोधमा सडकमै ओर्लिएर कर्फ्युको समेत बेवास्ता गर्दै प्रदर्शन चर्काएपछि उनी पछि हट्न बाध्य भएका हुन्। उनी सैन्य ‘कू’ पछि सैन्य काउन्सिलको प्रमुख बनेका थिए ।

उनले आफ्ना उत्तराधिकारीको रुपमा लेफ्टिनेन्ट जनलर अब्देल फतह अब्दुर्ररहमान बुरहानको नाम घोषणा गरेका छन्।(एजेन्सी)