‘वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख छ’ : मोहन वैद्य

Mohan-Baidhya01
लाेकपाटी न्यूज

काठमाडौं, २९ चैत । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख रहेको आरोप लगाएका छन् ।

एघार विद्यार्थी संगठनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव वैद्यले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्न नमिल्ने बताएका हुन्। उनले सरकारले रेशम चौधरीलाई जन्मकैदको सजाय दिने काम गरेको भन्दै सरकारको चर्को आलोचना पनि गरे ।

महासचिव वैद्यले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय पुनर्विचार गर्न पनि सरकारलाई दबाब दिने बताए ।

महासचिव वैद्यले चन्द नेतृत्वको नेकपालाई राजनीतिक व्यवहार गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । राष्ट्रियता र जनजीविकालाई थाती राखेर मुलुकमा समृद्धि ल्याउन नसकिने महासचिव वैद्यको भनाइ छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्