‘देश विकासमा कांग्रेसले पनि सहयोग गर्नुपर्छ’ : मन्त्री मगर

Bina Magar
फाइल तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, २९ चैत । नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले समग्र राष्ट्र विकासको अभियानमा सहयोग पुर्याउन विपक्षी दललाई आग्रह गरेकी छन्। उनले सरकार समृद्धिको यात्रामा हिँडिरहेको भन्दै यस्तो बेला सरकारको विरोध गर्नभन्दा पनि सहयोग गर्न विपक्षी दलललाई आग्रह गरिन्।

चन्द्रागिरी नगरपालिकाद्वारा आयोजना गरिएको दोस्रो चन्द्रागिरी महोत्सवको आज उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले विकास निर्माणको अभियानमा भ्रम नफैलाउन विपक्षी दललाई आग्रह गरिन्। उनले समृद्ध नेपालको अभियानमा रचनात्मक भुमिका खेल्न सबैलाई आह्वान गरेकी छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘समृद्ध नेपाल सुखी नेपालीको आधारशिला सरकारले खडा गरेको छ । खानेपानी लगायत अन्य विकास निर्माणको काममा सरकार गम्भीर छ । विकासको काममा हातेमालो गरी अगाडि बढौं ।’

मन्त्री मगरले जलाधार संरक्षण गरेर खानेपानीको स्रोत जोगाउने कार्यमा मन्त्रालय लागिरहेको पनि बताइन्। उनले चन्द्रागिरी नगरपालिका जस्तै देशका धेरै ठाउँमा खानेपानीको सहज आपूर्तिमा मन्त्रालय योजना बनाएर अघि बढेको स्पष्ट पारिन्। सो महोत्सवमा बोल्दै उनले लघु तथा घरेलु उद्यममा महिलाहरुको सहभागिता बढाउन यस्ता महोत्सवहरु भइरहनुपर्नेमा जोड दिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्