अफगानिस्तानकाे सैनिक कारबाहीमा १८ तालिबानकाे मृत्यु

Afganisthan ladaku
लाेकपाटी न्यूज

काबुल, २९ चैत । अफगानिस्तानमा सुरक्षा फौजको कारवाहीमा १८ जना तालिबान लडाकू मारिएका छन् ।अफगानिस्तानको उरुज्गान प्रान्तमा अफगान सुरक्षाफौजले गरेको कारबाहीमा १८ जना तालिबान लडाकुको मृत्यु भएको हो ।

अफगान सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा ‘उरुज्गान प्रान्तमा गरिएको कारबाहीका क्रममा १८ जना भन्दा बढी तालिबान आतङ्ककारी समूहका सदस्यहरु मारिएको’ उल्लेख छ ।

कारबाहीका क्रममा भारी र हलुका हातहतियारहरु पनि कब्जा गरिएको विज्ञप्तिमा जनाइएको छ । यस कारबाहीका विषयमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।