काठमाडौं,२९ चैत। नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले सरकारका गलत काम र प्रवृत्तिको देशव्यापी भन्डाफोर गर्ने भएको छ।
नेविसंघले शुक्रबार काठमाडौंमा खबदारीसभा गरी सरकारले लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र मास्न लागेको भन्दै खबरदारी गर्ने उद्घोष गरेको हो।
सरकार अधिनायकवाद लाद्ने बाटोमा अग्रसर भएको भन्दै नेविसंघले सरकारविरुद्ध जनदबाब सिर्जना गर्दै सडक आन्दोलनसमेत गर्ने चेतावनी दिएको छ।
केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार र महँगी बढाउँदै जाँदा जनतामा निराशा बढ्न थालेको निष्कर्षसहित नेविसंघ आन्दोलनमा होमिएको हो।
नेविसंघका नेता कुन्दनराज काफ्लेले सरकारका गलत कामको खबरदारी गर्न देशभरका कार्यकर्तालाई निर्देशन दिइएको बताए। नेविसंघ प्रदेश नम्बर–३ का संयोजक रामप्रसाद अधिकारीले सरकार र माउ पार्टी दुवैलाई खबरदारी गरिने बताए।



लाेकपाटी न्यूज

