संयुक्त अखिलको ज्ञापनपत्रः बोर्डिङ स्कूलको लुट अन्त्य गरियोस्

लाेकपाटी न्यूज

काठमाडौं, २९ चैत। बोर्डिङ स्कूलको लुट अन्त्य गर्न संयुक्त अखिलले शुक्रबार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा ज्ञापन पत्र बुझाएका छन्।

अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी) का कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेतको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्रमा आठ बुँदे ज्ञापनपत्र पेश गरिएको छ।

चालु शैक्षिक सत्रमा निजि क्षेत्रबाट सञ्चालित विद्यालयले मनोमानीत ढङ्गबाट गरेको चर्को शुल्क बृद्धिले निर्धारित मापडण्डको धज्जी उडाएकोभन्दै संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा उल्लेख आठ बुदाँका माग अविलम्व पूरा गर्न मन्त्रालयको ध्यान आकर्षण गराएका छन्। ज्ञापन पत्रमा उल्लेख गरिएका आठ बुँदे माग यस्ता छन्।

–संविधानले निर्दीष्ट गरेको विद्यालय तहसम्मको शिक्षा निःशुल्क हुनु पर्ने प्रावधानलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न ठोस र प्रभावकारी कदम चालियोस।

–शैक्षिकसत्र शुरु नहुँदै मनोमनी ढङ्गले चर्को शुल्क बृद्धि गरेर ब्रह्मलुट मच्चाउन पल्किएका विद्यालयलाई कार्वाहीको दायरामा ल्याइयोस्।

–राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनको मुल स्पिरिट बमोजिम अविलम्व नयाँ संघिय शिक्षा जारी गरियोस्।
विद्यालय शुल्क मापडण्ड निर्दीशिका विपरी बढाइएको शुल्क तत्काल फिर्ता गराइयोस्।

–संस्थागत विद्यालयले प्रदान गर्ने छात्रबृत्तिलाई वास्तविक अर्थमा लक्षीत समुदायमा पु¥याउन वैज्ञानिक,व्यावहारिक र पारदर्शी मापदण्ड तय गरियोस्।
– संस्थागत विद्यालयले विद्यमान नियम अनुसार उपल्ब्ध गराउनु पर्ने छात्रबृत्तिलाई पूर्ण रुपमा निःशुल्क गराई प्रभावकारी कार्यान्वयन गराइयोस साथै छात्रबृत्तिको अनुपात बढाएर कुल विद्यार्थी २० प्रतिशत विद्यार्थीलाई छात्रबृत्ति प्रदान गराइयोस्।

–एक पटक भर्ना गरेपछि हरेका वर्ष भर्ना गर्न नपर्ने प्रावधान विपरीत हरेक वर्ष गैरकानूनि ढङगले भर्नाको नाममा अकुत पैसा उठाउने विद्यालयलाई कार्बाही गरियोस् र उक्त रकम विना शर्त फिर्ता गराइयोस्।

–भर्ना आवेदन फारम ड्रेस,पुस्तक,टाई,पेटी,झोला आदिको नाममा गरिने अतिरिक्त व्यापारलाई तत्काल बन्द गराइयोस्।

–गण्डकी मेडिकल कलेज लगायतका मेडिकल कलेजमा तोकिएकोभन्दा बढी लिइएको शुल्क फिर्ता गराउने सहमति पूर्ण र प्रभावकारी रुपमा कार्यान्यन गराइयोस्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्